नेपालमा कोरोना संक्रमणबाट पहिलोपटक नेपाली सेनाका जवानको मृत्यु र नेपाल आर्मीमा कोरोना सङ्क्रमितको संख्या
काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट एक जना नेपाली सेनाका जवानको मृत्यु भएको छ । रामेछापका २९ वर्षीय एक जना युवकमा मृत्युपछि कोरोना मृष्टी भएको थियो ।
काठमाण्डु उपत्यकाको एक युनिटमा कार्यरत जवानको उपचारको क्रममा मृत्यु भएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।
प्रवक्ता पौडेलले नेपालमा सेनाभित्र कोरोनाबाट मृत्यु हुने ती जवान पहिलो भएको काठमाण्डुपाटीलाई जानकारी दिए ।
ब्लड क्यान्सरका बिरामी रहेका ती जवानको २९ गते मृत्यु भएको थियो । मृत्युपछि पिसिआर परीक्षण गर्दा असोज १ गते कोरोना संक्रमण पुष्टि भएको प्रवक्त पौडेलले जानकारी दिए ।
यसैबीच नेपाली सेनामा हालसम्म कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको सङ्ख्या दुई हजार ५६ पुगेको छ । तीमध्ये ४०१ जनालाई निको भइसकेको भने एक हजार ६५४ सक्रिय सङ्क्रमित भएको प्रवक्ता पौडेलले जानकारी दिए ।
Our government has lifted almost all lockdown and the virus is spreading rapidly in our community. Please use every precaution as you can then we would be able to defeat this virus together. Before going out for unnecessary work, please think about vulnerable your family members who are vulnerable to the virus.
#stay_safe
Jay Nepal

Comments
Post a Comment