भेटियो ११ नम्बर सीमास्तम्भ - नेपाल आर्मी

हुम्ला — लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटिएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा गएको टोलीले बुधबार स्तम्भ भेट्टाएको जानकारी नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले दिए ।


 स्तम्भमा नेपालपट्टि २०१९ साल र चीनपट्टि १९६२ लेखिएको छ । पहिलोपटक २०७२ सालमा हुम्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सीमा बैठकमा उक्त स्तम्भबारे एजेण्डा राखेका थिए । उक्त बैठकमा दुवै पक्ष मिलेर पिलर खोजी गर्ने निर्णय भएको थियो । तर, खोजीकार्यले गति लिन भने सकेको थिएन ।

यसअघि नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ खोज्न गएको नेपाली टोली लाप्चाबाटै फर्किएको थियो ।

My opinion : I always think that Nepal government should deploy Nepal Army to Nepal border with full facility. Yeah, By my point of view our government is deploying  slowly Nepal Army to Nepal's border.

Comments

Popular posts from this blog

Officer Cadet 2077 All Question Papers ( GK, Mathematics, English & Nepali ) Download all Papers

Cadet model questions

नेपाली सेनामा १६ बर्षमै पेन्सन पाउने व्यवस्था मन्त्री परिषद बाट पनि पास || nepal army pension scheme reduced to 16 years